पहिरोमा बेपत्ता भएकी महिला ७ घण्टापछि पनि जिवितै भेटिँदा उद्धारकर्ता चकित

196

मकवानपुर / मकवानपुरको कैलाश गाउँपालिका ५ मा गएको पहिरोमा पुरिएकी उनलाई ७ घण्टापछि घाइते अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कालीखोलामा गएको पहिरोमा परी तारामाया शुक्रबार दिउँसो १२ बजे बेपत्ता भएकी थिइन । पुरिएको अवस्थामा फेला परेकी उनलाई स्थानीयबासी र स्थानीय प्रहरीको सहयोगमा उद्धार गरिएको थियो । तारामायाको खुट्टा भाँचिएको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ । ७ घण्टासम्म पुरिदा समेत जिवित भेटिँदा उद्धारकर्ता चकित भएका थिए ।

नदी अतिक्रमण र अव्यवस्थित बसोबासका कारण उपत्यकामै पछिल्लो समय डुबानका घटनाले तीव्रता पाएको छ । जसका कारण काठमाडौ, भक्तपुर र ललितपुर नै जोखिममा पर्न सक्ने भय बढ्दै गएको छ । गत वर्ष हनुमन्ते खोला थुनिँदा भक्तपुर डुबानमा परेको थियो । डुबानले १ अर्ब क्षति पुगेको थियो । गत शुक्रबारदेखि जारी वर्षाका कारण काठमाडौंको कलंकी खसीबजार र कालीमाटीको कुलेश्वर क्षेत्र डुबानमा परेको छ ।

डुबानले मालपोत कार्यालय, महानगरीय प्रहरी प्रभाग र महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयसमेत डुबानमा परेको छ । हनुमन्ते खोलाको बाढी यस वर्ष पनि जतिबेला पनि सहरमा पस्ने खतरा उस्तै छ । ललितपुरका केही क्षेत्र डुबानमा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here