३६ केजी गाँजासहित पक्राउ

191

काठमाडाैं । ३६ केजी गाँजासहित एक जना भरियालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी विराटनगरले सोमवार मध्यरातमा भारत तस्करी हुन लागेको ३६ केजी गाँजासहित २५ वर्षीय मुकेश गुरुङलाई पक्राउ गरेको हो ।

मोरङ जहदा गाउँपालिका –२ हरीनगराबाट प्लास्टिकमा प्याक गरी टाउकोमा बोकी लाँदै गरेको गाँजासहित गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरेको गुरुङ भरिया भएको प्रहरीले जनाएको छ ।

केही रकम पाउने लोभमा उनले तस्करीको गाँजा गन्तव्यसम्म पुर्‍याउने जिम्मा लिएका खुलेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले शुक्रवार मात्रै बन्दाकोपी बोकेर भारततिर जान लागेको ट्रकबाट १५६ केजी गाँजा बरामद गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here