नवलपुरमा भारी वर्षा भएकाले अपनाउन आग्रह

79

काठमाडाैं । नवलपुरमा अहिले ठूलाे पानी परिरहेकाे छ । पछिल्लो तीन घण्टामा नवलपुरको अरुण बतासा वर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागको नेपाल बाढी सूचनाले जनाएको छ ।

अरुणखोला लगायतका स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा बेलुकासम्म नै सतर्कता अपनाउन विभागले जनाएको छ । नारायणी नदीमा पनि आज ठूलो बाढी आएकाले सतर्कता अपनाउन विभागले बिहानै सूचना जारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here