संयुक्त सैन्य अभ्यासबारे परराष्ट र रक्षा मन्त्रालयलाई ध्यानकर्षण

199

काठमाडौ, नेकपाका सांसद देव गुरुङ्ले विपत् व्यवस्थापनको नाममा शक्ति राष्ट्रका सेना ल्याएर संयुक्त रुपमा सैन्य अभ्यास गरिएको भन्दै यसबारेमा परराष्ट र रक्षा मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । मंगलबार संसदको शुन्य समयमा बोल्दै सांसद गुरुङ्ले संयुक्त सैन्य अभ्यासले मुलुकको अस्मिता कहाँ पु¥याउँछ भन्दै विरोध गरेका छन् ।
जेठ ५ गते पोखरामा अमेरिकी सेना र नेपाली सेनाका साथै ६ वटा देशका सेनाको बीचमा भइहेको संयुक्त सैन्य अभ्यासको सुरुवातप्रति लक्षित गर्दै गुरुङ्ले राष्ट्रियताको स्थिती कमजोर भएको बेला र शक्ति राष्ट्रबीचको टकराव परिराखेको बेला राष्ट्रियता अस्मितालाई कहाँ पु¥याउँछ भन्दै प्रश्न गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here