पोखराविरुद्ध काठमाडौंका चार्ल्सवर्थले अर्धशतक प्रहार

16

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध पहिला ब्याटिङमा उत्रिएको काठमाडौं गोर्खाजका ओपनर बेन चार्ल्सवर्थले अर्धशतक प्रहार गरेका छन् ।

खेल १५ओभरको दोस्रो बलमा पुग्दा बेनले अर्धशतक पूरा गरेका हुन् । उनले ४८ बलमा ४ चौका र १ छक्काको सहयोगमा ५१ रन पूरा गरेका हुन् ।

यस सिजनमा बेनको यो व्यक्तिगत पहिलो अर्धशतक हो । यस सिजन अघिल्ला खेलमा उनको ब्याटिङ चलेको थिएन । जनकपुर बोल्ट्सविरुद्ध उनले ४६ रन जोडेका थिए । त्यही नै उनले बनाएको सर्वाधिक रन हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पोखाराले टस जितेर काठमाडौंले पहिला ब्याटिङको निम्तो पाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here