मृत अवस्थामा फेला

18

 

काठमाडौं । झापा‍, शिवसताक्षी नगरपालिका-१० माईधारस्थित माईखोला र सरदारे खोलाको दोभानमा सोही नगरपालिका-१० जिवनटोल बस्ने ६२ वर्षीया बिमला माझी मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

महोत्तरी, रामगोपालपुर नगरपालिका-५ रामगोपालपुर बजारस्थित सडकको नालीमा सोही नगरपालिका-५ बस्ने ४५ वर्षीय हरिबंश ठाकुर मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-५ मधुमार्ग बस्ने ४० वर्षीय धन प्रसाद सापकोटा सोही नगपालिका-७ गैह्री हरिहर मार्गमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here