मृत अवस्थामा फेला

13

काठमाडौं । धनुषा, मिथिला नगरपालिका-६ ढल्केबरस्थित चिया पसलको छेउमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ६५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

रौतहट, चन्द्रपुर नगरपालिका-५ थलही टोल बस्ने १७ वर्षीय प्रभात राई आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

झापा, गौरादह नगरपालिका-९ तुलाचन चोक बस्ने ४१ वर्षीय सन्तोष दवाडी आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here