उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन

22

काठमाडौं  । काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन भएकी छन् ।

एमालेको शुक्रबार बसेको सचिवालयले ११ औँ महाधिवेशनमा सहभागी हुने १ सय ८ प्रतिनिधि मनोनीत गर्दा डंगोल पनि परेकी हुन् ।

कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् १ सय ८ जना मनोनीत प्रतिनिधिमा परेकी डंगोल एमाले केन्द्रीय सदस्यको दाबेदार पनि हुन् ।

डंगोल स्थानीय विकास विभाग क्लस्टरबाट मनोनीत भएकी हुन् ।

त्यस्तै, एमाले काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला अध्यक्ष क्रमशः दीपक निरौला,पुरुषोत्तम आचार्य र बच्चन देउजा पनि मनोनित प्रतिनिधि बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here