महिला राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त

25

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतीय प्रशिक्षक हर्षल पाठक नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ(क्यान)ले मंगलबार प्रमुख प्रशिक्षकमा हर्षललाई नियुक्त गरेको जानकारी दिएको हो।

थाइल्यान्ड क्रिकेट टिमका पूर्व प्रशिक्षक रहेका हर्षलले नेपाली महिला टिमको लागि आगामी जनवरीमा नेपालमा आयोजना हुने विश्वकप छनोटको ग्लोबल क्वालिफायरका लागि प्रशिक्षण दिनेछन्।
क्यानले असोजमा महिला टिमको लागि प्रशिक्षकको लागि आवेदन खुल्ला गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here