सुनको भाउ २ लाख २१ हजार ५ सय ३५ रुपैयाँ कायम

12

काठमाडौं । शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँमा आइपुगेको हो ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख २१ हजार ५ सय ३५ रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि घटेको छ । बिहिबार प्रतितोला ४ हजार ८० रुपैयाँको किर्तीमानी मूल्यमा कारोबार भएको चाँदीको भाउ आज तोलामा ७५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५ रुपैयाँमा झरेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ४ सय ३४ रुपैयाँ तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here