काठमाडौं । मिटरब्याज, लघुवित्त तथा वित्तिय शोषण र भूमि असमानताविरुद्ध राजधानीमा मार्चपास गरिएको छ ।
भूमि अधिकार आन्दोलन, लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति, र मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन समितिले सोमबार राजधानीमा मार्चपास गरेको हो ।
उनीहरूले प्रधानमन्त्रीलाई मागपत्र पेश गर्ने र जनवर्गीय आन्दोलनहरू बीच मोर्चाबन्दी गर्ने पनि बताएका छन् ।


















