काठमाडौं । भक्तपुर नगरपालिका–३ वंशगोपाल डेगामनामा निर्माणाधीन एक घरमा मजदुरको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सोमबार बिहान सवा ६ बजेतिर निर्माणाधीन घरको भुईँ तलामा सोही घरमा काम गर्ने ३४ वर्षीय पूर्ण ठकुरी मृत अवस्थामा भेटिएका थिए ।
पक्राउ पर्नेमा धनकुटाको सागुरीगढी गाउँपालिका–३ का २७ वर्षीय सञ्जिव याखा छन् । उनले आइतबार राति कुटपिट गरी ठकुरीको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

















