काठमाडौं । राष्ट्रियसभाका पूर्वसदस्य राधेश्याम अधिकारीले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब कानुन संशोधन गर्ने समय नै नभएको जनाएका छन् ।
सोमबार सिंहदरबारमा निर्वाचन व्यवस्थापन विषयमा आयोजित सर्वपक्षीय छलफलमा उनले अहिले संशोधनका लागि समय नभएको तर आवश्यक कानुन संशोधन भइरहेको जनाएका हुन् ।
उनले हालेको भोट पनि बदर हुने अवस्था रहिरहँदा नो भोटको व्यवस्था राख्न नहुने तर्क गरे ।


















