आइसीसी टी–२० विश्वकपका लागि तयारी शुरू

12

काठमाडौं। आगामी माघ २५ गतेदेखि फागुन २४ गतेसम्म भारत र श्रीलंकामा आयोजना हुने आइसीसी टी–२० विश्वकपका लागि नेपालले आइतबारदेखि तयारी शुरू गर्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि राष्ट्रिय टोलीमा रहेका खेलाडी सहित अन्यलाई थप्दै २४ जनालाई प्रशिक्षणमा बोलाएको छ ।

१० दिनअघि सकिएको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को प्रदर्शनका आधारमा पनि खेलाडीलाई प्रशिक्षणमा बोलाइएको क्यानले जनाएको छ । रोहित पौडेल, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, लोकेस बम, आरिफ सेख, आदील अन्सारी, करण केसी, साहब आलम, शेर मल्ल, विनोद भण्डारी, भीम सार्की, इशान पाण्डे, बसिर अहमद, प्रतिश जी सी, अविनाश बोहोरा, प्रतिष जीसी र रुपेश कुमार सिंह प्रशिक्षण क्याम्पमा परेका छन् ।

नेपालले भारतको मुम्बईमा आफ्नो समूह चरणका सबै खेल खेल्नेछ । नेपाल समूह सी मा इङ्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश, इटालीसँग रहेको छ । नेपालले माघ २५ गते इङ्ल्यान्डसँग खेल्दै विश्वकपको शुरूवात गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here