राष्ट्र बैंकले ग्रे लिस्टबाट बाहिर निकाल्न सशक्त भूमिका खेल्नुपर्ने सुझाव

19

काठमाडौं । नेपाललाई ग्रे लिस्टबाट हटाउन केन्द्रीय बैंकले अझ सशक्त भूमिका खेल्नुपर्ने बैंकिङ क्षेत्र सुधार सुझाव कार्यादलले सुझाएको छ । अहिले पनि राष्ट्र बैंकले भूमिका खेलिरहे पनि अझै सशक्त बनाउनु पर्ने सुझाव कार्यदलले दिएको छ ।

‘सम्पत्ति शुद्धीकरण निवारण ऐनको पाँचौ संशोधनले यस बैंकअन्तर्गत रहेको वित्तीय जानकारी इकाईलाई छुट्टै स्वतन्त्र इकाईको रूपमा विकास गर्न खोजेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यसअनुसार पनि नेपाल राष्ट्र बैंकको जिम्मेवारी यसबाट सामान्यतया केही बाहिर भए तापनि नेपाललाई ग्रे लिस्टबाट हटाउन थप सशक्त रूपमा विशेष भूमिका खेल्नुपर्ने छ ।’

यस्तै, मुद्रा निर्मलीकरणको मुख्य तत्त्व नै भुक्तानी अर्थात् रकमसँग सम्बन्धित भएकोले नेपाल राष्ट्र बैंकको जिम्मवारी निकै गहन रहेको पनि प्रतिवेदनमा उल्लेख छ । ‘तसर्थ राष्ट्र बैंकले सम्पादन गर्नुपर्ने महत्त्वपूर्ण कार्यहरू ग्रे लिस्टबाट बाहिरिने शीघ्र सुधारात्मक क्रियाकलाप सपन्न गर्नुपर्ने छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यसअनुसार नेपाललाई आगामी दुई वर्षभित्र ग्रे लिस्टबाट हटाउन समयबद्ध तालिकानुसार आवश्यक कार्यहरू सम्पन्न गर्नका लागि नेपाल राष्ट्र बैंक निकै सक्रिय हुनुपर्ने छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here