मेयर बालेन र उर्जामन्त्री कुलमानबीच छलफल

24

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उज्यालो नेपालका संरक्षक तथा अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङसँग आगामी निर्वाचनमा सहकार्यबारे अलग्गै छलफल गरेका छन् ।

बिहीबार बिहान उनले कुलमानसँग छलफल गरेको उच्च स्रोतबाट जानकारी दिएकाे छ ।

छलफलका क्रममा चुनावमा सहकार्य गरेर जानेबारेमा सकारात्मक कुराकानी भएको बताइएको छ ।

सोही छलफलपछि बालेनले ललितपुरमा रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, जेनजी अभियन्ता सुदन गुरुङ, कांग्रेस नेता सुनिल शर्मा लगायत छलफलमा गर्दछन् । त्यसका लागि नेताहरु बालेनका सहयोगी कुमार बेनको ज्वागलस्थित घरमा पुगिसकेका छन् ।

यसअघि सोमबार राति लामो समय छलफल गरेका रवि र बालेनले आजको छलफलमा अन्य नेतालाई पनि सहभागी गराउन लागेका हुन् ।

बालेन शाहले केही दिनयता राजनीतिक सक्रियता बढाएका छन् । रविलाई भेटेपछि बुधबारदेखि उनी विभिन्न राजनीतिक शक्ति र व्यक्तिसहित जेनजी अभियन्तासँग छलफल चलाइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here