काठमाडाैं । मध्य अफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ ।
संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि युएन एमआइएनयुएससीए मा तैनाथ एलआइबी अन्तर्गत युद्धभैरव गण (शान्ति सेना) तेस्रो डफ्फालाई बदली गर्नको लागि गोरखनाथ गण (शान्ति सेना) चौथो डफ्फाका २२५ जना शान्ति सैनिकहरूको अन्तिम टोली बिहीबार मिसन इलाका प्रस्थान गरेका छन् ।
त्यस्तै, उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका २२४ जना नेपाली शान्ति सैनिकहरू पौष १० गते नै स्वदेश फिर्ता भएका छन् । हाल उक्त मिसनमा नेपाली सेनाका १ हजार १८८ जना शान्ति सैनिकहरू कार्यरत छन् ।


- प्रकाशित मिति : ४८ मिनेट अघि




















