कांग्रेसको दोस्रो विशेष महाधिवेशन उद्घाटन समारोह दिउँसो १ बजे हुने

16

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आइतबारदेखि सुरू हुँदैछ।

काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन समारोह दिउँसो १ बजे हुनेछ।

विशेष महाधिवेशनको उद्घाटन सत्रको सभापतित्व काठमाडौंको जिल्ला सभापति सबुज बानियाँले गर्नेछन्।

२०१४ सालमा मोरङमा भएको पहिलो विशेष महाधिवेशनको उद्घाटनको सभापतित्व त्यतिबेला मोरङ सभापतिको हैसियतले गिरिजाप्रसाद कोइरालाले गरेका थिए। सोही अनुसार भृकुटीमण्डपको विशेष महाधिवेशन उद्घाटन काठमाडौंका सभापतिले गर्ने तय भएको हो।

शभरिबाट ६० प्रतिशत महाधिवेशन प्रतिनिधि काठमाडौं आएको आयोजक समितिले दाबी गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here