काठमाडौं । बङ्गलादेश प्रिमियर लिग (बिपिएल) अन्तर्गत आइतबार भएको खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछाने आवद्ध टिम राजशीही वारियर्स विजयी भएको छ ।
सुरुमा ब्याटिङ गरेको रंगपुर राइडर्सले दिएको १७९ रनको चुनौती राजशाहीले १९ ओभर १ बलमा तीन विकेटको क्षतिमा भेट्टाएको हो। रंगपुरले पूरै २० ओभर खेल्दै चार विकेटको क्षतिमा १७८ रन बनाएको हो।
ब्याटिङ पिचमा सन्दीपले चार ओभर बलिङ गर्दा २१ रन खर्चिएर एक विकेट हात पर्नुभयो।
यो जितसँगै सात खेल खेल्दा पाँच जित निकाल्दै राजशाहीले १० अंक जोडेको छ। आजको जितसँगै राजशाही तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान अंक भएको चट्टोग्राम रोयल्स रनरेटका आधारमा शीर्ष स्थानमा छ।
बिपिएलमा राजशाहीले सात खेल खेल्दा चार खेलमा मात्र प्लेइङ ११ मा परेका सन्दीप लामिछाने पाँच विकेट हात पारेका छन्।


















