अराजकताको आयु लामो नहुने

16

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताको आयु लामो नहुने भन्दै आपराधिक कृयाकलापमा संलग्नहरू कारबाहीको दायरा आउने बताएका छन् ।

बिहीबार झापाको दमक ८ स्थित नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन माओवादी) नेता गगन पुरीको आगजनी गरिएको घर अवलोकनका क्रममा ओलीले यस प्रकारको विध्वंस मच्चाउनेहरू कानुनी दायरामा आउने विश्वास दिलाए ।

पुरीलाई उनले भने,‘सधैँ अराजकता कहाँ टिक्छ र, एक दिन त कारबाहीको दायरामा ल्याएरै छोडिन्छ नि ! बरु उजुरी-निवेदन लगायतको प्रकृया चाहिँ अघि बढाउनु होला ।’

नेता पुरीले आफूले सबै प्रमाणहरू संकलन गरिसकेको र कानुनी उपचारको प्रकृया पनि अघि बढाएको जानकारी गराए । पुरीको घर अवलोकनपछि ओली दमकस्थित तत्कालीन माओवादीको पार्टीको क्षति अवलोकन गर्दै गौरादह लागेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here