नेपाल डेरी एशोसिएसनको २७ औं वार्षिक साधारण सभा सम्पन्न

16

काठमाडौं । नेपाल डेरी एशोसिएसनको २७ औं वार्षिक साधारण सभा एवम् स्थापना दिवस तथा ९ औं राष्ट्रिय महाधिबेशन पनौतीमा सम्पन्न भएको छ । रैथाने भिल्लामा आयोजित सभाले नयाँ समिति सर्वसम्वत निर्वाचित गरेको छ ।

बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसुदन पौडेलको प्रमुख आतिथ्यता तथा अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो भने सहयोगिहरुलाई प्रशंशापत्र प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी मन्त्री पौडेलले नेपालको अर्थतन्त्रको प्रमुख श्रोत पशुपालन र कृषि भएकाले नेपाल सरकारले निर्धारण गरेका नीतिहरुलाई प्रदेश सरकारले समेत थप ब्यवस्थित र अनुदानमुखी भन्दा उत्पादनमुखी बनाउन प्रयत्न गरिएको बताए । बर्षेनी उत्पादन घट्नु र आयात बढ्नुले चुनौती थपिएको बताउँदै मन्त्री पौडेलले उत्पादन बढाउन कृषक र ब्यवसायीसँग सरकार हातेमालो गर्न तयार रहेको बताए ।

कार्यक्रममा अध्यक्ष प्रल्हाद दाहालले नेपालको दुग्ध डेरी ब्यवसायको अवस्था, कृषक र ब्यवसायीहरुले भोगिरहेका समस्याका बारेमा जानकारी गराएका थिए । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्य, बागमती प्रदेश सरकार कृषि तथा पशुपंक्षी मन्त्रालयका महानिर्देशक उमेश दाहाल, नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य डिबी बस्नेत, ब्यवसायीहरु अमरबहादुर कुँवर, सुमित केडिया लगायतका ब्यक्तिहरुले नेपालको अवस्था र भोगिरहेका समस्यामा सरकारसँगको अपेक्षाका बारेमा धारणा राखेका थिए । सोहि अवसरमा विभिन्न क्षेत्रका ब्यक्तिहरुले नेपालको दुग्ध क्षेत्रको प्रोत्साहनका लागि समन्वय र सहयोग आवश्यक रहेको बताएका थिए । बरिष्ठ उपाध्यक्ष दिपप्रसाद धमलाले स्वागत गरेको उक्त कार्यक्रममा सहयोगीहरुलाई प्रशंसा पत्र र विशिष्ठ ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

नेपाल डेरी एशोसिएसनको केन्द्रिय समिति निर्विरोध निर्वाचित भएका निर्वाचन समितिका संयोजक प्रल्हाद महतले घोषणा गरे । साथै उनले निर्वाचित समितिलाई सपथ गराएका थिए । नयाँ समितिमा पुनः प्रल्हाद दाहाल अध्यक्ष भए ।

समितिमा बरिष्ठ उपाध्यक्ष दिपप्रसाद धमला, उपाध्यक्षहरु मनोजकुमार यादव, योगेन्द्र चिमौरिया, कर्णबहादुर हमाल, मनोजकुमार घिमिरे, दयाराम भण्डारी, रामभक्त दाहाल, महासचिव हेमचन्द्र खनाल, सचिव शिवहरी आचार्य, कोषाध्यक्ष शिवलाल भुषाल, उप महासचिव विजयप्रसाद चौरासिया, सह सचिव रमेश सञ्जेल, सह कोषाध्यक्ष आशिषकुमार बुढाथोकी रहेका छन् ।

त्यस्तै केन्द्रीय सदस्यहरुमा शिव घिमिरे, रविरमण थापा, नवराज तिमल्सिना, विष्णु बोहोरा, अजित बजगाई, टिकाराम खँदाल, कृष्ण भट्टराई खिम, जनक न्यौपाने, रविन्द्र हुमागाई, तुलुकाजवी थिङ तामाङ, रामचन्द्र बराल, राजकुमार वाईवा, नारायणप्रसाद शर्मा, सुमन गौतम, कुलप्रसाद बजगाई, पवनप्रसाद बाँस्तोला, प्रेमबहादुर धामी, गणेशबहादुर विष्ट, निराजन कोईराला, ज्ञानराज लामा, राजकुमार श्रेष्ठ र प्रकाश सामन्त रहेका छन् ।

साधारणसभा तथा महाधिबेशनको अवसर पारी पुर्व सचिव डा.बंशी शर्मालाई राष्ट्रिय सम्मान गरेको छ । पत्रकारिता मार्फत डेरी क्षेत्रलाई ब्यवसायीहरु रुपमा विभिन्न माध्यमबाट प्रचार प्रसार गरी सहयोग पुर्‍याएकोमा उत्कृष्ट संचारकर्मी पुरस्कार नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष मोतीराम तिमल्सिनालाई प्रदान गरिएको छ ।

त्यस्तै संचारमाध्यमका रुपमा काभ्रेबाट प्रकाशित हुने नव क्षितिज साप्ताहिक सम्मानित भएको छ । उक्त पत्रिकाका सम्पादक नवराज बजगाईले पुरस्कार ग्रहण गरेका थिए । त्यस्तै दीर्घसेवा सम्मानबाट सुरेशबहादुर श्रेष्ठ, उत्कृष्ट प्रदेश समितिबाट सुदुरपश्चिम, जिल्ला समितिबाट धनकुटा, डेरीहरुका तर्फबाट हरि नेपाल, विष्णु बोहोरा, चन्द्रबहादुर गुरुङ, प्रकाश मुडभरी, उत्तमबहादुर चन्द, रविन्द्र हुमागाई, कुलप्रसाद धमला सम्मानित भएका छन् ।

सम्मानित हुनेहरुलाई प्रमाणपत्र सहित प्रमुख अतिथी मन्त्री पौडेल, नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण बैद्य, अध्यक्ष प्रल्हाद दाहाल लगायतले सम्मान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here