शनिबार राति पनि सोही शहरमा मानव अवशेषसहित चारवटा झोला फेला परेको थियो। गुआनाजुआतो एक समृद्ध औद्योगिक केन्द्र हो र धेरै लोकप्रिय पर्यटन गन्तव्य हो, तर सामुहिक हिंसाका कारण देशको सबैभन्दा घातक राज्य पनि बनेको छ।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले आफ्नो प्रशासनको राष्ट्रिय सुरक्षा रणनीतिका कारण सन् २०२५ मा मेक्सिकोको हत्याको दर एक दशककै सबैभन्दा न्यून स्तरमा झरेको बताउनुभएको थियो तर हत्या दर अहिले पनि अन्य मुलुकको तुलनामा उच्च रहेको छ।


















