काठमाडौं । सुदूरपश्चिम दौडाहामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह र कञ्चनपुर २ का राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार दीपक बोहराबीच भेटघाट भएको छ ।
मङ्गलवार रास्वपा नेता तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार बोहराको निर्वाचन क्षेत्रको झलारीमा भेटघाट भएको हो । भेटका क्रममा रास्वपा नेता तथा उम्मेदवार बोहराले बालेनलाई कञ्चनपुरमा स्वागत गरेको र सो क्षेत्रको चुनावी अभियानका बारेमा छलफल भएको बालेनको सचिवालयले जनाएको छ ।
मङ्गलवार वरिष्ठ नेता शाहले कैलाली कञ्चनपुरका विभिन्न निर्वाचन क्षेत्रमा रहेका रास्वपा उम्मेदवारहरूको सम्पर्क कार्यालयमा पुगेर भेट गरिरहेका छन् ।
त्यस्तै, रास्वपा वरिष्ठ नेता शाह कञ्चनपुर आउने कुरा थाहा पाएपछि उनका समर्थक र शुभेच्छुकहरुको झलारी बजार क्षेत्रमा बाक्लो भीड लागेको छ । रास्वपा वरिष्ठ नेताका शाहको यस किसिमको सुदूरपश्चिम दौडाहालाई आसन्न चुनावी रणनीतिक अभियानको हिसाबले हेर्न थालिएको छ ।


















