काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालको अध्यक्षतामा पोखरामा दुई दिने नेशनल एजेन्सी मिट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रमको पहिलो दिन उत्कृष्ट व्यवसाय, समर्पण र निरन्तर योगदानमार्फत कम्पनीको वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अभिकर्ताहरूलाई कदर गर्दै सम्मान समारोह आयोजना गरिएको थियो। एमडीआरटी २०२६ प्राप्त गर्ने अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरको उपलब्धिका रूपमा विशेष सम्मान गर्दै कम्पनीले उनीहरूको पेशागत उत्कृष्टता र नेतृत्व क्षमताको उच्च मूल्यांकन गरेको थियो।
कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कबि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाईको प्रमुख उपस्थिति रहेको थियो त्यस्तै उत्कृष्ट नतिजा हासिल गर्ने शाखा प्रमुखहरुको पनि कार्यक्रममा उपस्थिति रहेको थियो। सुन्दर पर्यटकीय नगरी पोखरामा सम्पन्न नेशनल एजेन्सी मिटले विगतका उपलब्धिहरूको उत्सव मनाउनुका साथै भविष्यमा अझ सशक्त, व्यावसायिक र ग्राहककेन्द्रित सेवा प्रदान गर्ने प्रतिबद्धतालाई थप बलियो बनाएको छ।
हाल सन नेपाल लाइफ इन्स्योरेन्सको देशभरि १४८ शाखा तथा उपशाखा सञ्चालनमा रहेका छन्।


















