काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
रास्वपा कोषाध्यक्ष लिमा अधिकारीले जनताको एजेन्डा समावेश गरेर चुनावी घोषणापत्र तयार भइरहेको भन्दै फागुनको पहिलो साता सार्वजनिक गर्ने तयारी भएको जानकारी दिइन् ।
उनले पाँच वर्षमा महत्त्वपूर्ण पाँच क्षेत्रमा काम गर्नेगरी घोषणापत्र जारी हुने उल्लेख गरिन् । जसमा जेनजीका एजेन्डालाई समेट्ने र सुशासनको विषय मुख्य मुद्दा हुने उनको धारणा छ ।
त्यस्तै उनले रास्वपाप्रति जनताले देखाएको विश्वासलाई कायम राख्न सशक्त एवं प्रभावकारी ढंगले काम गर्नुपर्ने अवस्था रहेको बताइन् ।


















