प्रकाशमान शक्व
इतिहास एवम् पुरातात्विकबिद्
तिब्बतका राजा सोङत्सन गम्पाेले तिब्बत एकीकरणको क्रममा सन् ६३३ मा पुरानो राजधानी शहर युम्बुलखाङ दरबारबाट नयाँ राजधानी शहर ल्हासामा स्थापना गर्नु भयो । राज्य भारले गर्दा तिब्बतबाट सोडङत्सन गम्पो आफ्नी रानी बेहुली भृकुटी लिन आउन असम्भव थियो । यो अवस्थामा तिब्बती राजाले नेपालमा भृकुटी लिन पठाउनु भएका मन्त्री गारतोङसेन युलसुङ र थाेनामि साम्भोटा (मन्त्री) का साथमा केही तिब्बती सेनाका मन्त्री- अङ्गरक्षकहरु पनि नेपाल आएका थिए। त्यसकारण विना बेहुला स्वयम्बर गरी भृकुटीका बुवा राजा उदयदेव, आमा भद्रावती र दाई नरेन्द्रदेवले भृकुटीलाई बज्रयोगिनी थानमा स्वयम्वर गराई तिब्बती राजा स्रोङ्चन गम्पोका प्रतिनिधिमण्डलको साथमा बेहुली भृकुटीलाई तिब्बत पहाइदिनु भएको इतिहास पाइन्छ।
त्यसपछि बेहुली भृकुटी शाँखु बज्रयाेगिनी, मणिचुडू, झुले (काठमाडौ) चिसापानी (नुवाकोट), पारी भञ्ज्याङ (सिन्धुपाल्चोक र नुवाकाेटको सिमाना), थाङकुने (चिप्लिङ), गोल्फु भञ्ज्याङ, कुटुमसाङ (आधा नुवाकोट र आधा सिन्धुपलाञ्चाेक), घोडेपानी (नुवाकोट) छोप्टे (रसुवा), फेदी, लौरीविनायक, सूर्यकुण्ड (गोसाइँकुण्ड पूर्व) गणेशकुण्ड (सरस्वतीकुण्ड), गोसाइँकुण्ड, लौरीविना, चोलाङपाटी, ठूलो स्याप्रु, पॅरो गाउँ, शेर्पा गाउँ, खाङचिङ गाउँ, ब्रिदिम, टिम्मुरे खैजी, रसुवागढ़ी, केरुङकाे, ग्येफुग गाउँ/ गुरुफुग गुफा, पाङसिङ गाउँ हुँदै भृकुटी (बेहुली) काे ल्हासा तर्फे सवार भयो । यसलाई भृकुटी जन्ति मार्ग” भनिन्छ।
भृकुटी तिब्बतबाट माइती देश नेपाल आउँदा माथिको (नं. २. बुँदा) मा उल्लेखित केरू केरुङ रसुवागढीकै बाटाेबाट आउनु भएकाे अध्ययनले देखाएकाे छ ।

मैतालु भृकृटी नेपालबाट पुन: ल्हासा तर्फ प्रस्थान गर्नुहुँदाको मैतालु मार्ग :- (१) भृकृटीका दाइ नरेन्द्रदेव विराजमान तत्कालीन नेपाल दरबार साँखु बज्रयोगिनी (३) जहरसिंह पाैवा (४) बाघ धारा (पूर्व जाने रूट) (५) नाङले भारे (६) कुवापानी (७) केराबारी, (८) फटकेश्वर (९) बाहुनेपाटी (१०) इन्द्रावती गाउँपालिका / नवलपुर), थाकन ह्युल्सा (सिन्धुपाल्चोक जिल्लाको हालको नवलपुर) (११) चौतारा (१२) भृकुटी बिसौना डाँडाे, ॐ पार्क (१३) बाह्रबीसे (१४) कोदारी (१५) लिपिङ, मितेरी पुल (१६) कुती हुँदै ल्हासा पोटाला दरबार फितीर्र्ती सवारी भयाे । यसलाई भृकुटी मैतालु मार्ग” भनिन्छ।
यसरी मैतालु भृकुटी माइती देश नेपालबाट लहासा फिर्ता जाने क्रममा जहरसिंह पौवामा एक माने चैत्य बनाएर जानु भएको थियो । हाल त्यो चैत्य भूकम्प र पैरोबार पाताल भएको छ।
नवलपुर इन्द्रावती गाउँपालिकामा भृकुटीको स्मरणमा श्रृष्टीको प्रतिमा, भृकुटी, उद्यान पार्क र भुकृटी ढुंगाे स्थापना गरी पर्यटकहरुको आकर्षणको केन्द्रस्थलको रूपमा विकास गरिदै आएको छ।
साँखु बज्रयोगिनी थानलाई “भृकुटी स्वयम्वर स्थल”र जहरसिंह पाैवालाई “भृकुटी स्मृति पार्क” निर्माण गर्न सके यो ठाउँ भृकटी, पर्यटन परिपथमा जोडिन गई अन्तराष्ट्रिय पर्यटक स्थल बन्न सक्ने सम्भावना देखिएको छ ।



















