संसारका सबै मानिस सधैंका लागि शाकाहारी भए कस्ताे हुन्छ हाेला ? राेचक तथ्यहरू

41
याे संसारभरका  सबै मानिस सधै‌ंका लागि शाकाहारी भए यसको प्रभाव जलवायु, वातावरण, हाम्रो स्वास्थ्य र अर्थतन्त्रमा कस्तो पर्ला?

१. सन् २०५० सम्म विश्वभरका मानिस शाकाहारी भए बर्सेनि कम्तिमा ७० लाख जीवको ज्यान जोगिनेछ। पशुपन्छीबाट उत्पादन हुने खानेकुरा खाँदै नखाने हो भने बर्सेनि कम्तिमा पनि ८० लाख मानिसको जीवन जोगिनेछ।

२. अक्सफोर्ड मार्टिन स्कुलको फ्युचर अफ फुड प्रोग्रामका अनुसन्धानकर्ता मार्को स्प्रिङ्म्यानका अनुसार खाद्य सामाग्रीबाट हुने ग्रिनहाउस ग्यास उत्सर्जन ६० प्रतिशत घट्नेछ।

उत्सर्जनमा आउने यो कमी रातो मासु (रेड मिट)को उपभोग बन्द भएकाले हुनेछ। किनभने रातो मासु उत्पादन हुने पशुले मिथेन ग्यास उत्सर्जन गर्छन्।

३. तर, यसबाट विकासशील राष्ट्रका किसान भने अत्यधिक प्रभावित हुनेछन्। किनभने शुष्क र अर्धशुष्क भूभागमा पशुपालन गरिन्छ। अफ्रिकामा सहारा मरुभूमिको दक्षिणी छेउ सहेलल्यान्डका बासिन्दा पशुपालनमा निर्भर छन्।  संसार नै शाकाहारी भए त्यहाँका बासिन्दा अन्यत्र विस्थापित हुनुपर्नेछ। यसो भए उनीहरूको सांस्कृतिक पहिचान संकटमा पर्नेछ।

४. पशुचरनबारे फेरि एकपल्ट विचार गर्नुपर्ने हुन्छ। जलवायु परिवर्तनको असर घट्नेछ, वनजंगलमा यसको प्रभाव पनि कम हुनेछ र सन्तुलन कायम हुनेछ। किनभने शाकाहारी जनावर जोगाउन मांसाहारी जनावर मार्ने काम रोकिनेछ। लोपोन्मुख जैविक विविधता जोगिनेछ।

५. पशुपालन र योसँग जोडिएको उद्योगमा संलग्नहरूले नयाँ काम खोज्नुपर्नेछ। उनीहरू खेतिपाती, बायोऊर्जा र निजी वनतर्फ लाग्न सक्नेछन्। उनीहरू कुनै अर्को नोकरी वा पेसामा जान नसके बेरोजगारको संख्यामा ठूलो वृद्धि हुनेछ। यसले समाजमा द्वन्द्व निम्तिनसक्छ।

६. जैविक विविधतामा पनि केही मात्रामा खराब प्रभाव पर्नेछ। भेडा चराइले शताब्दियौंदेखि भूबनोटको स्वरुप÷आकार दिन सघाएको छ। त्यसमाथि पशुपालन गर्न चाहनेले कर तिर्नुपर्ने हुनसक्छ।

७. संसार नै शाकाहारी भए विभिन्न उत्सव र परम्पराहरू पनि प्रभावित हुनेछन्। किनभने विश्वका अधिकांश मानिसले मनाउने उत्सव-पर्वमा मासु प्रयोग गरिन्छ। कतिपय समुदायमा त विवाह र उत्सवमा मासु वा मासुका लागि पालिने पशु उपहार दिने प्रचलन छ। क्याम्ब्रिज विश्वविद्यालयका बेन फिलोङका अनुसार यसैकारण विश्वलाई शाकाहारीमा परिणत गर्ने प्रयास सफल हुँदैनन्।

८. मासुको खपत नहुँदा मुटुसम्बन्धी रोग, मधुमेह, मस्तिष्कघात र विशेषखालका क्यान्सरबाट पीडित हुने सम्भावना न्यून हुन्छ। यसो भए औषधिउपचारमा खर्च हुने विश्वभर जिडिपीको २–३ प्रतिशत रकम पनि जोगिनेछ।

तर, हामीले पोषणका केही वैकल्पिक खानेकुराले मासुलाई विस्थापन गर्नुपर्छ। अहिले विश्वभर करिब दुई अर्ब मानिस कुपोषणग्रस्त भएको अनुमान गरिन्छ। खाद्यान्नको तुलनामा मासु र यसबाट उत्पादित खानेकुराबाट धेरै पोषण प्राप्त हुन्छ। बिबिसी फ्युचर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here