काठमाडौं । खोला मापदण्ड खारेजीको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै भूमि अधिकार संरक्षण समितिको २ प्रदाधिकारी सम्मानित गरिएकाे छ ।
गैरसंबैधानिक र गैर न्यायिक खोला मापदण्ड खारेजीको आन्दोलनमा निरन्तर सक्रिय भएर लाग्नुभएका भूमि अधिकार संरक्षण समितिको अध्यक्ष श्याम कृष्ण प्रजापति र सहसचिव प्रकाश कपालीलाई आज काठमाडौं उपत्यका नदी करिडोर पिडित संघर्ष समितिले खोला मापदण्ड खारेजीको आन्दोलनमा अविस्मरणीय भूमिका निर्वाह गरेको भन्दै सम्मान पत्रद्वारा सम्मानित गरेको छ।
काठमाडौं उपत्यका नदी करिडोर पिडित संघर्ष समितिको प्रदाधिकारीहरुले करिब २ बर्ष १ महिनाको लामो आन्दोलनमा पिडितहरुको सम्पत्ति र आवासको हक सुनिश्चित गर्न महत्त्वपूर्ण भूमि अधिकार संरक्षण समितिले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै आन्दोलनमा निरन्तर सक्रिय भएका भूमि अधिकार संरक्षण समितिको दुई प्रदाधिकारीलाई सम्मान पत्र दिएर सम्मानित गरेको धारणा व्यक्त गरेका छन्।



















