आज निर्वाचन क्षेत्र चितवन जादै रवि

26

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने आज निर्वाचन क्षेत्र चितवन जाने भएका छन् । मनोनय दर्तापछि काठमाडौं फर्किएका लामिछानेको खुट्टाको चोटका कारण राजनीतिक भेटघाटमा निस्किएका थिएनन् ।

घाउ पूर्ण निको भइनसकेपनि चितवनमै गएर आराम गर्ने तथा मतदाताहरूसँग भेटघाट गर्ने गरी बिहान ११ बजे त्यसतर्फ प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।

स्वकीय सचिव अविनाश आचार्यका अनुसार लामिछानेले आज पुजा अर्चन सहित गृह प्रवेश गर्ने छन् भने दिउँसोबाट स्थानीय नेताहरूसँग राजनीतिक भेटघाट सुरु गर्ने छन् ।

रास्वपा चितवन सभापति कृष्ण भुसालका अनुसार लामिछाने विमानस्थलबाट सिधै भरतपुर ४ स्थित लंकु हरिकिर्तन चोकको हरिकिर्तन मन्दिरमा पुगेर पुजाअर्चना गर्ने छन् । त्यसपछि बजे भरतपुर ११ बिशालचोक स्थित निवासमा गृह प्रवेश गर्ने छन् ।

रविलाई खुट्टाको घाउका कारण सहजरुपमा हिँडडुल गर्न नसक्ने भएकाले तत्कालै घरदैलोको सम्भावना कम रहेको छ ।
फागुनमा भने सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह देश दौडामा हिँड्ने तय भइसकेको छ । रास्वपा नेतृ प्रतिभा रावलले फागुनको पहिलो साता नेताद्वयको संयुक्त चुनावी अभियान सुरु हुने बताइन् । उनका अनुसार दुबै नेता सकेसम्म धेरै क्षेत्रमा पुग्ने, मतदातालाई प्रत्यक्ष भेट्ने योजना छ भने दुबै जनाले  संयुक्तरुपमा १० वटा सम्म सभा गर्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here