मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्यान्डसँग खेल्दै छ ।
पहिलो खेल हेर्ने नेपाली समर्थकहरु उत्साहित भएका छन् । शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न भइसकेका छन् र तीनवटै खेलमा एशोसिएट टोलीले टेस्ट राष्ट्रलाई कडा टक्कर दिएका थिए ।
नेपालको खेल सवा ३ बजे मुम्बइको वाङ्खडे स्टेडियममा सुरु हुनेछ ।


















