काठमाडौ क्षेत्र नं १० बाट बरिष्ठ पत्रकार केशबराज अर्याल चुनावी मैदानमा

30

फागुन २१ गते हुन गईरहेको प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौ क्षेत्र नं १० बाट बरिष्ठ पत्रकार केशबराज अर्याल चुनावी मैदानमा उत्रिएका छन् ।

कीर्तिपुर वडा नं २ मैत्रीनगर निवासी अर्याल एक बौद्धिक व्यक्तित्व हुन् । पत्रकारितामा स्नाकोत्तर, कानुन र शिक्षामा स्नातक गरेका अर्याल अधिबक्ता समेत हुन् ।

उनले इतिहास बिषयमा एमफिल गर्दै छन् । अत्यन्त ईमान्दार तथा बौद्धिक व्यक्तित्वका रुपमा परिचित अर्याल प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट आँखा चुनाव चिन्ह लिएर उम्मेदवार बनेका हुन् । पत्रकारिता पृष्टभुमिबाट राजनजीतिमा होमीएका अर्यालले लेखेर वा बोलेर जनताका समस्या उठान मात्र गर्न सकिए पनि समस्या समाधान गर्न नीति निमार्ण तहमै हस्तक्षेप गर्नुपर्ने अनुभुती भएपछि उममेदवारी दिएको जनाए ।

जेनजी आन्दोलन पछि जनताले बिकल्प खोजेको र आफूहरुको पार्टीले पुराना दलहरुको बिल्कप दिन सक्ने स्पष्ट बिचार र भिजन भएको पनि उनले दाबि गरे । काठमाडौ १० का बासिन्दा र मतदाताले सधै इतिहास रच्ने गरेकोले यो पटक पनि पैसा र पद भएका भन्दा स्वच्छ ईमान्दार स्पष्ट भिजन भएको व्यक्ति जिताउने बिस्वास उनले गरे ।

उनले आफुले क्षेत्र नं १० को बिकासका निम्ती चन्द्रागिरि, कीर्तिपुर र दक्षिणकाली नगरपालिकामा सडक, ढल, खानेपानी र बिजुलीको दिगो व्यवस्थापन गर्ने, सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने, स्थानीय स्वास्थ्य चौकी/अस्पतालको सेवा विस्तार गर्ने, वृद्ध/अपांगमैत्री सेवा, स्थानीय सिपमूलक तालिम , भ्रष्टाचार नियन्त्रण र सार्वजनिक खर्चको पारदर्शिता जस्ता बिषयलाई प्राथमिकता दिने बताए । त्यसैगरी १० नं क्षेत्रका ऐतिहासिक/सांस्कृतिक सम्पदाको संरक्षण महिला, दलित, अपांगता भएका व्यक्ति र सीमान्तकृत समुदायका लागि पहुँच योग्य सेवा दिने व्यवस्था गर्न केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय सरकारलाई दवाब दिने पनि बताए ।

त्यसैगरी कीर्तिपुरलाई पनि पाटन, काठमाडौ, भक्तपुर जस्तै पर्यटकीय नगर बनाउने ,स्थानिय पार्टी पौवा सार्वजनिक जग्गाको संरक्षण गर्ने । थानकोट,कीर्तिपुर ,दक्षिणकाली बुङमती जोड्ने सडक बाउन सरकारलाई दवाब दिने, दक्षिणकाली चम्पादेबी टौदह, बाघभैरब, उमामहेश्वर, बिष्णुदेवी, चन्द्रागिरि तथा सो क्षेत्रमा रहेका गुम्बाहरुको संरक्षण र प्रबन्धनमा स्थानिय जनसमुदायको सुझाब अनुसार काम गर्ने, त्रिभुवन बिश्व बिद्यालयमा कर्मचारी राख्दा स्थानियलाई प्राथमिकता दिनुपर्ने कुरा दह्रोसँग उठाउने, चोभार सुख्खा बन्दरगाहको बाँकी जग्गामा पार्क निमार्ण गर्ने ।

कीर्तिपुर अस्पतालको स्तरवृद्धि गर्ने, खानेपानी समस्य समाधान गर्ने ,क्रिकेट मैदानको उचित संरक्षण गर्दै अझ सुविधायुक्त बनाउने जस्ता काम गर्ने पनि आफ्ना ऐजेण्डा भएको उनले बताए । त्यसैगरी स्थानिय गुठीहरु तथा क्लबहरुको साथमा रहेर काम गर्ने र सांसद भेट्न जनता जाने होईन आफू जनता भेट्न जनताको पिरमर्का र कुरा सुन्न आफै जनताको घर–घर जाने पनि उनले बताए । उनले १० नं क्षेत्रको विवेकशील जनसमुदायले बिजयी बनाउनेमा ढुक्क भएको पनि जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here