काठमाडौं । गोरखा, गोरखा नगरपालिका-१२ दशकिलो स्थित सडकमा ना.५ ख ५०३० नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१२ एघारकिलो बस्ने ९५ वर्षीया सुक माया लामाको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रदेश अस्पताल गोरखामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, पथरीशनिश्चरे नगरपालिका-६ जय चोकस्थित सडकमा को.२ त ७८३८ नम्बरको ट्याक्टरले को. १ ह ६१२२ नम्बरको अटोलाई शुक्रबार साँझ ठक्कर दिँदा अटो चालक सोही ठाउँ बस्ने १८ वर्षीय सुदिप थापाको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका-२ स्थित नौकिलोस्थित सडकमा बा. प्र.०१-०३० च ३४८० नम्बरको बोलेरो गाडी कन्टेनर डिब्बाको टेलरमा ठक्कर खाई गएराति दुर्घटना हुँदा बोलेरोमा सवार सोही ठाउँ बस्ने २१ वर्षीय सुजन तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल शाखा अस्पताल हिन्दीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका गाडी चालकको बीएण्डबी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।
रूपन्देही, गैडहवा गाउँपालिका-७ छत्रपुरास्थित सडकमा लु.५ प ९८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४२ वर्षीय सुकराम यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
बैतडी, शिवनाथ गाउँपालिका-३ स्थित सडकमा सु.प.प्र.०४-००१ ज ००६९ नम्बरको बोलेरो जिप अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा जिप चालक सोही गाउँपालिका-२ बस्ने २६ वर्षीय केशव सिह धामीको मत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको थप उपचारको लागि डडेल्धुरा अस्पताल डडेल्धुरा लैजानै क्रममा बाटोमै मृत्यु भएको हो ।
कैलाली, गोदावरी नगरपालिका-४ स्थित सडकमा सु.प.प्र.०१-०१० प ३१८७ नम्बरको मोटरसाइकल र सु.प.प्र.०१-००९ प ७७८१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सु.प.प्र.०१- ००९ प ७७८१ नम्बरको मोटरसाइकलमा सवार सोही नगरपालिका-१ बस्ने २५ वर्षीय योगेन्द्र शाह, २५ वर्षीय हरिश बिक र सु.प.प्र.०१-०१० प ३१८७ नम्बरको मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका-२ बस्ने २२ वर्षीय हरिश वली रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका योगेन्द्रको सेती प्रादेशिक अस्पताल, हरिश बिकको माया मेट्रो अस्पताल र सु.प.प्र.०१-०१० प ३१८७ नम्बरको मोटरसाइकलमा सवार हरिश वलीको नवजिवन अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सु.प.प्र.०१-०१० प ३१८७ मोटरसाइकलमा सवार १ जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















