उदयपुर । कटारी नगरपालिका-४ जहडी बस्ने ४२ वर्षीया निरमाया दनुवारको घरबाट सुन तथा चाँदीका गरगहना करिब ३ लाख ५ हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार राति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















