जेनजीले सरकारलाई गरे प्रश्नः हाम्रो बलिदान ठूलो कि यथास्थिकै चुनाव ?

21

काठमाडौं । संयुक्त जेनजी आन्दोलनका अगुवाहरुले निर्वाचनको विरोधी नभए पनि आफूहरुका माग सम्बोधन नगरि हुने निर्वाचान स्वीकार्य नहुने चेतावनी दिएका छन् । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी जेनजी ‘अजय सोडारी’सँग सरकारले गरेको ६ बुँदे सम्झौत कार्यान्वयन गर्न ढिलाई गरेकोप्रति रोष व्यक्त समेत गरेका छन् ।

संयुक्त जेनजी आन्दोलनका सह–संयोजक अजय सोडारीले आफू ११ दिनसम्म अनसान बसेपछि सरकारकारले माग पूरा गर्ने सम्झौता गरे पनि कार्यान्वयन नगरेको आक्रोश व्यक्त गरे ।
“म र सरकारबीच भएको ६ बुँदे सम्झौता सिरानिमा राखेर बेचैन मुद्रामा छु – यो सम्झौताको भारी बोकेर जेनजी विरोधी निर्वाचनको दिन गन्ति गर्नु पर्ने हो” सोडारीले सरकारलाई प्रश्न गरे ।
सरकारले दश दिनमा पूरा गर्छु भनेर आफ्ना माग र मुद्वामाथि बुट बजारेको आरोप लगाउँदै सोडारीले भने,“हाम्रा ७६ जना साथिहरुले देशका लागि बलिदान गरे, ज्यान दाउमा रखेका कयौं घाइते तथा अपाङ्ग भए, म हस्पिटलको बेडबाट कोठाको बेडसम्म आएको छु ।”
“फेरी पनि जेलको काल कोठरीसम्म जान तयार छौं, तर मागप्रति प्रतिबद्ध छौं” सोडारीले भने ।

आन्दोलनका कमाण्डर सुनिल सिंहले आफूहरु निर्वाचानको विरोधी नभए पनि जेनजीका माग सम्बोधन नगरि गरिने चूनाव स्वीकार्य नहुने चेतावनी दिएका छन् । “हामिले बारम्बार भनेका छांै, ‘चुनाव विरोधी हुदै होइनौ  तर, जेनजीका हत्यारालाई कारवाही, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, भ्रष्टाचारीलाई कारवाहीलगायतका मुद्धा सम्बोधन नगरी हुने निर्वाचन हुन सक्दैन” सिंहले भने ।
सिंहले निर्वाचन बिथोल्न अरुले अराजकता माच्चाएको र आफूहरुलाई आरोप लगाउने कार्य गलत भएको बताउँदै भने,“परिवर्तन विरोधीले झण्डा जलाउने तोडफोड गर्ने अनि हामीहरुलाई जेल कोच्ने यो सह्य छैन ।”

बालेन शाहप्रति इङ्गित गर्दै सिंहले भने,“एकजना ¥यापरलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर देशलाई विदेशी गुलाम बनाउने षड्यन्त्र हुँदैछ, त्यसको हामी कडा प्रतिवाद गर्छौं ।”

नेपाल स्वतन्त्र नागरिक सञ्जालका संयोजक दिनेश सुवेदीले यथास्थितिमा हने निर्वाचनले देशलाई थप भड्कालोमा लग्ने पक्का भएकोले त्यसलाई रोक्नुपर्ने धारणा राखे ।

सुशीला सरकारको प्रश्तावित स्वास्थ्य मन्त्री डा.जगत विकले यही तरिकाको निर्वचान गर्नुले जेनजीको क्रान्तिको भावना विपरित हुने जनाए । मेयर पद त्यागरे प्रधानमन्त्रीको दौडमा लागेका बालेन शाहाको कार्य गलत भएको बताउँदै विकले भने,“सो कल्ड प्रधानमन्त्री मात्रै हुन, उनि प्रम बन्दैनन् तर देशलाई अस्थिरतामा धकेल्न यीनको पनि भूमिका छ ।”

जेनजी सल्लाहकार लेनलिन विष्टले आफूहरुले सर्वपक्षीय सहमतिको सरकारमार्फत जेनजीका माग पूरा गरेर मात्रै निर्वाचानमा जानुपर्नेमा जोड दिएका छन् । जेनजी आन्दोलनलाई ‘हाइज्यक’ गरेर बनेको सरकारका अधिकाशं व्यक्तिहरु रास्वपाका उम्मेदवार हुनुले, आन्दोलन ‘हाइज्याकर’ रास्वपा नै भएको उनको दाबी छ ।

जेनजी प्रकाश बमले रगतको होली खेलेर बनेको सरकारले जेनजीका कुनै पनि माग तथा मुद्धाहरु सम्बोधन नगरि देशलाई निर्वाचनमा धकेलेको आरोप लगाए । छानविन समितिको प्रतिवेदन सार्वजनिक नहुँदै निर्वाचनमा जानुले जेनजी दमनकारीहरुले उन्मुक्ति पाउने बताउँदै बमले भने,“वर्तमान निर्वाचन प्रणालीले  यथास्थितिको चूनावपश्चात पनि जेनजीका मागहरु सम्बोधन नहुने र देश पुनः अस्थिरता तिर धकेलिने भन्दै चिन्ता व्यक्त गरे ।”

काठमाडौं २ का स्वतन्त्र उम्मेदवार अनुप बोहराले यथास्थितिमा हुन लागेको निर्वाचनले देशलाई निकास दिने भन्दा झन द्वन्द्वमा फसाउने दाबी गरेका छन् । आफूले जनतालाई सो बारे बुझाउन घरदैलो कार्यक्रम जुराउन मात्रै उम्मेदवारी दिएको बताए ।

जेनजी सुजन पौडेलले यथास्थितिमा हुने निवार्चनलाई जनताले प्रतिवाद गर्ने र त्यसबाट देशलाई क्षति हुने संकेत रहेको बताए । सोबाट हुने क्षितिको जम्मेवार शुसिला कार्की सरकार हुने चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here