काठमाडौं । रौतहट, गरूडा नगरपालिका-८ रघुनाथपुर गम्हरिया बस्ने महेन्द्र साह कानुको घरमा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा करिब १ लाख २० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
धनुषा, नगराईन नगरपालिका-२ बस्ने बिलट मण्डलको गोठघर र पप्पु मण्डलको गोठघरमा मंगलबार दिउँसो आगलागी हुँदा दुबै जनाको गरी करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















