जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

11

काठमाडौं । काठमाडौं महानगरपालिका-१ स्थित ल्याण्डमार्क अपार्टमेन्टको २०६ नम्बरको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा कागेश्वरी मनहरा नगरपालिका-२ बस्ने ५८ वर्षीय जिबन खड्का समेत १४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ६० हजार रूपैयाँ र १५ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here