समाजसेवी मायालु लामाद्वारा जन्मदिनको अवसरमा बोलोचौक एजुकेशनलाई स्कुल ब्याग प्रदान

20

काठमाडौं । समाजसेवी एवं पत्रकार मायालु लामाले आफ्नो जन्मदिनको अवसरमा बोलोचौक एजुकेशन एकेडेमीलाई स्कुल ब्याग प्रदान गर्नुभएको छ ।

लामाे समयदेखि सामाजिक कार्यमा सक्रिय तथा रेडियो क्रान्तिकी सम्पादक लामाले आज आफ्नो जन्मदिनकाे अवसरमा शिवसताक्षी ४ बोलोचौकस्थित बोलोचौक एजुकेशन एकेडेमीलाई १ दर्जन स्कुल ब्याग प्रदान गर्नुभएको हाे। विगत लामो समयदेखी विभिन्न जिल्लाका चेपाङ, मुसहर, वनकरिया लगायत समुदायका बालबालिका तथा महिलाहरुका लागि कहिले शैक्षिक सामाग्री त कहिले उनीहरुलाई खाद्यान्नका साथै महिलाहरुका लागि स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु गर्दै आएकी समाजसेवी एवम् सञ्चारकर्मी मायालु लामाले यस पटक भने झापाकाे एक विद्यालयलाई सहयाेग गर्नुभएकाे छ । बालकालिकाहरुलाई शिक्षामा प्रोत्साहित गराउने उद्देश्यले आफुले सहयोग गरेको लामाले बताउनु भयाे । एकेडेमीका सञ्चालक डाक्टर धर्मेन्द्र कुमार शाहले जन्मदिनको अवसरमा प्राप्त सहयोगको सन्देश धेरै ठूलो भएको बताउँदै प्राप्त सहयाेगले बालबालिकालाई पठनपाठनमा थप उर्जा मिल्ने बताउनुभयाे ।

एक दशक भन्दा लामो समय देखि पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आएकी लामा नियमित आयआर्जनसँगै घर व्यवहारमा समेत व्यस्त हुनुहुन्छ । समयको सही व्यवस्थापन गर्न सक्ने क्षमता कै कारण सामाजिक तथा मानवीय सेवासँगै महिला तथा बालबालिकाको हकहितका क्षेत्रमा लामा एकदमै क्रियाशील हुनुहुन्छ ।

लामासँग विभिन्न संघ संस्थाको सहकार्यमा विदेशमा गएर अलपत्र परेका महिलालाई नेपाल फर्काउने देखि महिला हिंसा न्युनिकरण, दलालहरु मार्फत बेचिन पुगेका महिला तथा बालबालिकालाई फिर्ता ल्याउनुका साथै बालश्रम न्युनिकरण लगाएत थुप्रै कामहरुको अनुभव छ । पछिल्लो समय लामाको व्यस्तता र समय व्यवस्थापनबारे अरुले पनि प्रशंसा गर्ने गरेका छन् । महिलाहरु पछि परेको या पारिएको बारे चर्चा भइरहँदा मायालुको सफलता पक्कै पनि अरु महिलाका लागि पनि अनुकरणीय उदाहरण बन्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here