भाेलि बालेनले प्रधानमन्त्रीकाे शपथ लिने

22

काठमाडौं । चैत १३ गते मुलुकले नयाँ प्रधानमन्त्रीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई पाउँदै छ । बालेनले शुक्रबार प्रधानमन्त्रीको शपथ लिनेछन् ।

राष्ट्रपति कार्यालय स्राेतका अनुसार शपथ ग्रहण मध्याह्न १२ः३४ बजेका लागि तय भएको जनाइएको छ ।

साे शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शंखनाद हुने छ भने १०८ जना बटुकबाट स्वस्ती शान्ति वाचन गरिने छ । त्यस्तै १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गरिने तालिका रहेको छ ।

त्यस्तै बालेनले दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बाहली गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here