राखेपका उपाध्यक्ष आचार्यले पदबाट दिए राजीनामा

18

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष ध्रुव आचार्यले पदबाट राजीनामा दिएका छन् ।

उनले बुधबार इमेलमार्फत युवा तथा खेलकुद मन्त्री एवम् राखेप अध्यक्षलाई राजीनामा पठाएका हुन् ।

नेकपा एमाले नेतृत्व सरकारले आचार्यलाई गत वर्षको पुसमा राखेप उपाध्यक्ष नियुक्त गरेको थियो ।

उपाध्यक्षको कार्यकाल ४ वर्षको हुन्छ । तर, उनले साढे एक वर्षमै राजीनामा दिएका हुन् ।

कार्यव्यस्तता, वर्तमानको आवश्यकता र बदलिंदो राजनैतिक परिवेशलाई मध्यनजर गर्दै राजीनामा दिएको आचार्यले राजीनामा पत्रमा लेखेका छन् ।

राखेप उपाध्यक्षबाट राजीनामा दिएपनि खेलकुद क्षेत्रबाट भने टाढा नरहने आचार्यले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here