काठमाडौं । प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बैठक केहीबेरअघि सुरु भएको हो। प्रतिनिधिसभाका लागि सभामुख चयन भएसँगै प्रधानमन्त्रीलगायत सांसदहरू त्यहाँ पुगेका हुन्।
सभामुखमा रास्वपाका डोलप्रसाद अर्याल (डीपी अर्याल) सर्वसम्मत रुपमा चयन भएका छन्। उनले आज दिउँसो साढे २ बजे शपथ ग्रहण गर्नेछन्।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ। त्यसपछि उनी आजै कार्यकक्ष पुगेर पदभार ग्रहण गर्नेछन्।


















