काठमाडौं । नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राई कम्बोडियाको क्लब प्रेह खान रिच स्वाय रिएङ वुमन्स एफसीमा अनुबन्धित भएकी छन्।
क्लबले फेसबुकमार्फत उनको तस्बिर सार्वजनिक गर्दै स्वागत गरेको छ । उनले क्लबसँग औपचारिक सम्झौता गरिसकेकी छन् ।
कम उमेरमै आफ्नो खेलकुद यात्रामा उल्लेखनीय उपलब्धि हासिल गर्दै आएकी प्रीतिले घरेलु टोली एपीएफ क्लबबाट करिअर सुरु गरेकी थिइन् ।


















