प्रधानमन्त्रीले आज विदेशी राजदूतहरूसँग सामूहिक भेटघाट गर्ने

15

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेटघाट गर्ने तयारी गरेका छन्। उक्त भेटमा परराष्ट्रमन्त्री शिशिर खनालसमेत सहभागी हुने जनाइएको छ।

प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असिम शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन्।

उनले यस सामूहिक संवादले नेपालको कूटनीतिक अभ्यासमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरेका छन्।

यसैबीच, आज प्रतिनिधिसभाको बैठक बस्दै छ। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here