जारी युद्धका कारण विश्व आपूर्ति प्रणालीमा गहिरो असर

11
GOMEL REGION, BELARUS. NOVEMBER 10, 2014. Nodding donkeys at a drilling site in the Rechitskoye oil field operated by Belorusneft. Viktor Drachev/TASS Белоруссия. Гомельская область. 11 ноября. На нефтяном месторождении нефтегазодобывающей компании "Белоруснефть". Виктор Драчев/ТАСС

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण विश्व आपूर्ति प्रणालीमा गहिरो असर देखिएको छ। शान्ति वार्ताको आशाबीच अन्तर्राष्ट्रिय शेयर बजारमा केही सुधार देखिए पनि तेल बजार भने अझै अस्थिर रहेको छ।

विश्व बजारमा कच्चा तेलको मूल्य निरन्तर उकालो लाग्दै ब्रेन्ट तेलको मूल्य प्रति ब्यारेल करिब १०० डलरको आसपास पुगेको छ। प्रमुख तेल आपूर्ति मार्गमा अवरोध उत्पन्न हुँदा ऊर्जा संकटको चिन्ता झन् बढेको छ।

यसैबीच, जापानले तेल आपूर्ति स्थिर राख्न राष्ट्रिय भण्डारबाट करिब २० दिन बराबरको तेल बजारमा ल्याउने घोषणा गरेको छ। यसअघि पनि मूल्य नियन्त्रणका लागि भण्डार प्रयोग गरिसकेको जापानको यो कदमले आपूर्ति दबाब केही कम हुने अपेक्षा गरिएको छ।

अमेरिका र बेलायत ले महत्वपूर्ण जलमार्ग पुनः सञ्चालनका लागि व्यवहारिक योजना बनाउने विषयमा छलफल गरिरहेका छन्। युरोपेली संघ ले भने जलमार्गमा कुनै शुल्क वा अवरोध बिना स्वतन्त्र आवतजावत सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।

यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानले जलमार्ग प्रयोग गर्ने जहाजहरूबाट शुल्क लिने प्रयास गरे कडा प्रतिक्रिया दिने चेतावनी दिएका छन्।

अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि युद्धका कारण विश्व आर्थिक वृद्धिदर घट्ने चेतावनी दिएको छ। आपूर्ति श्रृङ्खला अवरुद्ध हुँदा ऊर्जा तथा खाद्य मूल्य बढ्ने र विश्वभर खाद्य संकटको जोखिम बढ्ने उल्लेख गरिएको छ।

यस्तै, विश्व बैंक लगायत अन्तर्राष्ट्रिय निकायहरूले प्रभावित देशहरूलाई आर्थिक सहायता उपलब्ध गराउने तयारी गरेका छन्।

युरोपमा ग्यास भण्डारण कम हुँदा आगामी जाडोमा ऊर्जा अभावको जोखिम बढेको छ। आपूर्ति सुधार नभए संकट थप गम्भीर बन्न सक्ने चेतावनी दिइएको छ।

यसैबीच, युरोपेली विकास बैंकले प्रभावित अर्थतन्त्रलाई सहयोग गर्न ठूलो आर्थिक प्याकेज घोषणा गरेको छ भने सुरक्षा जोखिमका कारण विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सले मध्यपूर्वका केही गन्तव्यमा उडान स्थगित गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here