अमेरिका र इरानबिचको वार्ता स्थगित

16

इस्लामावाद । अमेरिका र इरानबिचको वार्ता तत्कालका लागि स्थगित गरिएको छ।

पाकिस्तानको इस्लामाबादमा भएको यो वार्ता पछिल्ला एक दशकभन्दा बढी समयपछि अमेरिका-इरानबीचको पहिलो प्रत्यक्ष भेट हो। साथै, सन् १९७९ को ‘इरानीयन रिभोलुसन’ पछि भएको उच्चस्तरीय संवादमध्ये सबैभन्दा महत्वपूर्ण मानिएको छ।

दुवै पक्षबीचका मतभेद अझै कायम रहेका छन्। १४ घन्टा लामो पाकिस्तान वार्तामा मतभेद अझै बाँकी रहेको इरान सरकारले जनाएको हो। यी वार्ताहरू वाशिङ्टन र तेहरानबीच चलेको ६ हप्ते युद्ध अन्त्य गर्ने उद्देश्यले सुरु गरिएको छ।

यस वार्ताको परिणामले हालको नाजुक दुई हप्ते युद्धविरामको भविष्य र ‘स्ट्रेइट अफ हर्मुज’ पुनः खोलिने वा नखोलिने विषय तय गर्न सक्छ। विश्वको करिब २० प्रतिशत ऊर्जा आपूर्ति यही जलडमरूमार्फत हुने भएकाले यसको अवरोधले विश्वभर तेलको मूल्य बढेको छ र हजारौं मानिसको ज्यान गएको छ।

इरान सरकारले सामाजिक सञ्जालमा लेख्दै १४ घण्टा लामो वार्ता सकिएको र अब दुवै पक्षका प्राविधिक टोलीहरूले कागजात आदान-प्रदान गर्ने जनाएको छ। ‘केही मतभेद बाँकी रहे पनि वार्ता जारी रहने छ।’ भनिएको छ, तर पुनः कहिले सुरु हुन्छ भन्ने खुलाइएको छैन।

करिब १४ घण्टासम्म चलेको यस वार्तामा दुवै पक्षका प्राविधिक विज्ञहरूले दस्ताबेज आदानप्रदान गरेका छन्। इरानी सरकारले केही गम्भीर मतभेदहरू कायमै रहे पनि वार्तालाई निरन्तरता दिने जनाएको छ, यद्यपि अर्को बैठक कहिले बस्ने भन्नेबारे खुलाइएको छैन।

पाकिस्तानी मध्यस्थतामा भएको यस वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स, विशेष दूत स्टिभ विट्कफ र र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर सहभागी थिए भने इरानको तर्फबाट संसदका सभामुख मोहम्मद बाकर कालीबाफ र विदेशमन्त्री अब्बास अराक्चीले नेतृत्व गरेका थिए। दुई पक्षबिचको संवादका क्रममा वातावरण निकै उतारचढावपूर्ण रहेको र आपसी अविश्वास स्पष्ट देखिएको स्रोतले जनाएको छ।

अमेरिकी प्रशासनले भने वार्ता टुंगिएको हो वा होइन र के–कस्ता मतभेद बाँकी छन् भन्नेबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। इरानी प्रतिनिधिमण्डल शुक्रबार कालो पोशाकमा शोक व्यक्त गर्दै इस्लामाबाद पुगेको थियो।

उनीहरूले युद्धमा मारिएका सर्वोच्च नेता अली खामेनी लगायत अन्य व्यक्तिहरूप्रति श्रद्धाञ्जली दिएका थिए। साथै, अमेरिकी बमबारीमा ज्यान गुमाएका केही विद्यार्थीका जुत्ता र झोला पनि साथमा ल्याइएको इरानले जनाएको छ।

पेन्टागनले उक्त आक्रमणबारे अनुसन्धान भइरहेको जनाएको छ, यद्यपि केही रिपोर्टअनुसार उक्त हमलामा अमेरिका नै जिम्मेवार हुनसक्ने अनुमान गरिएको छ। एक पाकिस्तानी स्रोतका अनुसार वार्ताको पहिलो चरणमा दुवै पक्षबीच कहिले सकारात्मक त कहिले तनावपूर्ण वातावरण देखिएको थियो।

यसैबीच, अमेरिका–इरान वार्तालाई ध्यानमा राख्दै २० लाखभन्दा बढी जनसंख्या रहेको इस्लामाबाद सहरमा कडा सुरक्षा व्यवस्था गरिएको थियो, जहाँ हजारौं अर्धसैनिक र सेना सडकमा खटाइएका थिए।

यस वार्ताको मुख्य केन्द्रमा विश्वको २० प्रतिशत ऊर्जा आपूर्ति हुने स्ट्रेट अफ होर्मुज जलमार्ग रहेको छ, जसलाई इरानले युद्ध सुरु भएदेखि नै बन्द गरिदिएको छ। अमेरिकी सेनाले सो क्षेत्रबाट आफ्ना युद्धपोतहरू पार भएको र समुद्री माइनहरू हटाउने तयारी गरिरहेको बताए पनि इरानले त्यसलाई अस्वीकार गरेको छ।  इरानले कतार र अन्य विदेशी बैंकहरूमा रोक्का गरिएको आफ्नो सम्पत्ति फुकुवा गर्नुपर्ने, युद्धको क्षतिपूर्ति पाउनुपर्ने र लेबनानसहित क्षेत्रीय स्तरमा पूर्ण युद्धविराम हुनुपर्ने माग राखेको छ।

उता राष्ट्रपति ट्रम्पले भने विश्वव्यापी ढुवानीका लागि जलमार्ग खुला हुनुपर्ने र इरानको आणविक कार्यक्रमलाई पूर्ण रूपमा निस्तेज पार्नुपर्ने अडान राखेका छन्।

वार्ता चलिरहँदा इस्लामावादमा हजारौँ सेना र अर्धसैनिक बल परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको थियो।

तर, इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्ध गरिरहेको आक्रमणलाई यस युद्धविरामको हिस्सा नमान्ने बताएपछि पश्चिम एसियाको संकट अझै जटिल मोडमा पुग्ने देखिएको छ। वार्ताले तत्काल ठोस नतिजा ननिकाले पनि विश्व बजारमा तेलको मूल्य र हजारौँको ज्यान लिइरहेको यो युद्ध रोक्ने दिशामा यसलाई एउटा महत्त्वपूर्ण खुड्किलोका रूपमा हेरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here