भट्ट र अग्रवाल निवासमा १२ घन्टा खानतलासी

25

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले बिचौलिया दीपक भट्टको घर तथा कार्यालयमा छापा मारेको छ ।

मङ्गलवार बिहानैबाट विभागले नेपाल प्रहरी र स्थानीय निकायको सहयोगमा विभागको टोली १२ घण्टा लगाएर उनको घर र कार्यालयमा विशेष अपरेशन चलाएको हो । यससाथै भट्टको निवास र कार्यालय सिल गरेको छ ।

विभागले भट्टका व्यावसायिक साझेदार शङ्कर ग्रुपका सुलभ अग्रवालको कार्यालयमा पनि मङ्गलवार छापा हानेको छ । उनको कार्यालयबाट पनि महत्त्वपूर्ण कागजपत्र, ल्यापटप र सिसिटिभी फुटेज नियन्त्रणमा लिएको छ। साथै विभागले मंगलबारनै भट्ट र अग्रवालको व्यावसायिक साझेदारी रहेको हिमालयन रि इन्स्योरेन्समा पनि छापा हानेको थियो ।हिमालयन रि इन्स्योरेन्सको कार्यालयका कागजातहरू, सिसिटिभी फुटेज समेत नियन्त्रणमा लिएको छ ।

विभागले भट्ट र अग्रवाललाई दुई सातादेखि हिरासतमा लिएर सम्पत्ति शुद्धीकरण, बिमा र बैङ्किङ कसुर लगाएको विषयमा छानबिन गरिरहेको छ।

छानबिनका लागि भट्टलाई पहिलो पटक र दोस्रो पटक १०/१० दिन गरी २० दिन हिरासतमा राख्न विभागले जिल्ला अदालत काठमाडौंबाट अनुमति पाएको छ। यस्तैगरी अग्रवाललाई पनि थप छानबिनका लागि हिरासतमा राख्न विभागले अदालतबाट अनुमति पाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here