काठमाडाैं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेल भुटानसँग खेल्ने भएको छ।
भारतको गोवास्थित फातोर्दा रंगशालामा आयोजना हुने सो च्याम्पिनसिपका खेलहरू मे २५ देखि जुन ७ सम्म हुनेछ। नेपालले मे २५ मा भुटान तथा मे ३१ मा श्रीलंकासँग खेल्ने छ।
समूह ‘ए’ मा रहेका टोलीमा नेपाल, भुटान र श्रीलंका परेका छन्। सिंगल राउन्ड रोविनमा हुने सो च्याम्पियनसिपमा दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ।
त्यस्तै, समूह ‘बी’ मा भने आयोजक राष्ट्र भारतसहित साविक विजेता बांगलादेश र माल्दिभ्स रहेका छन्। च्याम्पियनसिपमा कुल ६ टोलीको सहभागिता रहनेछ।
साफ महिला च्याम्पिनसिपको भारत सर्वाधिक पाँच पटकको च्याम्पियन टोली हो। त्यस्तै, बांगलादेश साविक विजेता हो।

















