डोजर लगाए पश्चात पाँच सय ५५ जनाकाे उद्धार

1

काठमाडौं । तीन दिन सुकुम्बासी बस्तीमा डोजर लगाएर तीन हजार नौ सय ५५ जनालाई उठाइएको छ।

शनिबारदेखि थापाथाली, गैरीगाउँ र मनोहरा सुकुम्बासी बस्तीमा डाेडर लगाइएको थियो। जोडर लगाएर त्यहाँ रहेका बस्ती पूर्णरुपमा भग्नावशेषमा परिणत गरिएको छ।

सरहरी विकास मन्त्रालयकी विकास आयुक्त जानुका ढकालकानुसार बस्तीबाट उठाइएका धेरै नागरिकहरू भने आफै बास स्थान खोज्दै निस्किएका छन् भने केहीलाई सरकारले विभिन्न ठाउँमा राखेको छ।

विस्थापित भएका ९३६ घरधुरीका तीन हजार नौ सय ५५ जनामध्ये सरकारले पाँच सय ५५ जनालाई मात्र उद्धार गरी हाल अस्थायीरुपमा विभिन्न होटलमा राखेको छ।

सोमबारसम्म कीर्तिपुरस्थित स्वामी सत्संघको भवनमा एक ४७ जनालाई राखिएको छ। अन्यलाई भने विभिन्न होटलमा राखिएको छ। तर कुन-कुन होटलमा राखिएको भन्नेबारे ढकालले जानकारी दिइनन्। उद्धार गरिएकाहरूलाई बालाजु, माछा पोखरीतिरका होटलमा राखिएको काठमाडौँ नगरप्रहरी प्रमुख विष्णु जोशीले जानकारी दिए।

उनले पनि कुन-कुन होटलमा राखिएको भन्नेबारे आफूसँग जानकारी नरहेको बताए। महानगरका सूचना अधिकारी नुरनिधि न्याैपानेले उद्धार गरिएकाबारेमा आफूसँग जानकारी नभएको बताए।

यस्तै भत्काउन सुकुम्बासी बस्तीमा डोजर लगाउन आदेश दिने जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग पनि विस्थापित र उद्धार गरिएकाहरूबारे एकिन जानकारी छैन।

कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी मुक्तिराम रिजालले विस्थापित र उद्धारबारेमा जानकारी नरहेको बताए। ‘सहरी विकास मन्त्रालयलगायत निकायले व्यवस्थापन गर्ने भनेको छ। उनीहरूसँग विवरण होला। हामीसँग अहिले छैन’, उनले भने।

सुकुम्बासी बस्तीबाट विस्थापितहरू सरकारको सम्पकर्मा आउनक्रम जारी रहेको सरहरी विकास मन्त्रालयकी विकास आयुक्त जानुका ढकालले जानकारी दिइन्। ‘यो हिजोसम्मको विवरण हो। आज पनि थपिनेक्रम छ’, उनले भनिन्।

बस्तीमा डोजर चलाएर बस्ती भग्नावशेषमा परिणत भइसक्दा पनि अझैसम्म सरकारी निकायहरूले एकरुप विवरणहरू राखेका छैनन्। यसले प्रश्न उब्जाएको छ– हालसम्म विस्थापितको संख्यामा पनि गडबड त भएको छैन?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here