सुनचाँदीको मूल्यमा गिरावट

4

काठमाडौं । बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुन प्रतितोला ३ हजार रुपैयाँले घटेर २ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सोमबार सुन ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, चाँदीको मूल्य पनि घटेको छ।

चाँदी प्रतितोला १०० रुपैयाँले घटेर ४ हजार ९४५ रुपैयाँमा कायम भएको छ, जुन सोमबार ५ हजार ४५ रुपैयाँ थियो। नेपालमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको आधारमा निर्धारण हुने गर्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here