पहेंलो कार्डसम्बन्धी नियम परिवर्तन हुने

25

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आगामी विश्वकपका लागि पहेंलो कार्डसम्बन्धी नियम परिवर्तन गर्न लागेकाे छ ।

बीबीसी स्पोर्ट्सका अनुसार फिफाले ‘यलो कार्ड एम्नेस्टी’ (माफी) को दायरा विस्तार गर्दै समूह चरणपछि मात्रै होइन, क्वार्टरफाइनलपछिका खेलहरूमा पनि पहेंलो कार्डको संख्या रिसेट गर्ने प्रस्ताव अघि सारेको हो ।

हालको नियमअनुसार खेलाडीले लगातार दुई पहेंलो कार्ड पाएमा निलम्बन भोग्नुपर्ने हुन्छ, जसका कारण टोली क्वार्टरफाइनलसम्म पुग्दा खेलाडीहरू निलम्बनको जोखिममा रहन्छन् ।

आगामी विश्वकप ३२ टोलीबाट बढाएर ४८ टोलीको हुने भएकाले खेल संख्या पनि बढ्नेछ । यस्तो अवस्थामा धेरै खेलाडीहरू महत्वपूर्ण चरणमा निलम्बनमा पर्ने सम्भावना बढ्ने भएकाले फिफाले नयाँ व्यवस्था ल्याउन लागेको हो ।

प्रस्तावअनुसार २ पहेंलो कार्ड पाएपछि निलम्बनको नियम भने यथावत रहनेछ, तर समूह चरणपछि र क्वार्टरफाइनलपछि कार्ड रिसेट गरिनेछ । यसले खेलाडीहरूलाई सेमिफाइनल जस्ता महत्वपूर्ण खेल गुमाउनुपर्ने जोखिम कम गर्ने विश्वास गरिएको छ।

यस  विषय क्यानडाको भ्यानकुभरमा मंगलबार बस्ने फिफा काउन्सिल बैठकमा छलफलका लागि एजेन्डामा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here