बल्खुमा अतिक्रमण गरी बनाइएको घर टहरा भत्काउन थाले

16

काठमाडौं । काठमाडौं उपत्यकाका अतिक्रमित तथा नदी किनारका सुकुमबासी बस्ती खाली गराउने क्रममा आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन थालिएको छ । अहिले बल्खुमा अतिक्रमण गरी बनाइएको घर टहरा भत्काउन थालिएको छ । ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आजदेखि टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु, माछापोखरीलगायतको ठाउँमा अतिक्रमित जग्गा खाली गर्ने तयारी छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो ।

पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्ती खाली गरिसकिएको छ । यस क्षेत्रका स्थानीयले बुधबारदेखिनै सामान्य अन्यत्र सार्न थालेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here